Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार आज २१ अङ्कले बढ्यो, ९४ करोड रुपैयाँको कारोबार

शेयर बजार आज २१ अङ्कले बढ्यो, ९४ करोड रुपैयाँको कारोबार

काठमाडौँ । लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

नेप्से सूचक बढेको दिन दुई सय २६ वटा कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ ।