Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार घटेर राताम्मे

शेयर बजार घटेर राताम्मे

काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयरबजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २२ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेको दिन आज विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।

आज दुई सय २३ वटा कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ ।