Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार सामान्य घट्याे,एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँको कारोबार

शेयर बजार सामान्य घट्याे,एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार आज पनि घटेको छ ।

बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ ।

आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो सोमवारभन्दा आधाले घटेको छ ।

आज दुई सय २६ वटा कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ ।