Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेप्सेमा गिरावट, कारोबार रकम ५१ करोडमा झर्‍यो

नेप्सेमा गिरावट, कारोबार रकम ५१ करोडमा झर्‍यो

काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि बैंकिङ उपसूचकमा वृद्धि भएपनि बजार परिसूचक नेप्से भने घटेको छ ।

साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से २.६१ अंकले गिरावट भएर १८५. ३१ अंकमा बन्द भएको छ ।

दोस्रो कारोबार दिन पनि नेप्से घट्दा बैंकिङ उपसूचक भने बढेको छ । बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।

यता कारोबार रकम भने घटेर ५१ करोडमा झरेको छ । आइतबार ८० करोडको कारोबार भएको बजारमा आजभने कारोबार रकम घटेर ५१ करोड ५८ लाख १९ हजारमा सीमित भएको छ ।

जसमध्ये नबिल बैंकको सर्वाधिक २ करोड ७९ लाख १९ हजारको कारोबार हुँदा प्रभु बैंकको २ करोड ६१ लाख ८ हजारको कारोबार भएको छ ।