Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

झन्डै १२ अङ्कले घटेर शेयर बजार

झन्डै १२ अङ्कले घटेर शेयर बजार

काठमाडौँ । शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।

आज दुई सय २४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।