काठमाडौँ । शेयर बजार आज सामान्य घटेको छ ।
हिजो सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ ।
आज उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । नेप्से घटेसँगै लगानीकर्ता निराश बन्दा कारोबार रकममा निकै कमी आएको छ ।।
आज दुई सय २४ वटा कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ ।