Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घट्यो

हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौँ । हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ३६ अङ्कले घटेर एक हजार नौ सय ८९ दशमलव २६ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लाग्दा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत्, फाइनान्स लगायतका समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २४ वटा कम्पनीको ६१ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भयो ।