Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजारमा आजपनि गिरावट

शेयर बजारमा आजपनि गिरावट

काठमाडौँ । शेयर बजार आज पनि घटेको छ ।

हिजो १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव ६२ अङ्कमा झरेको छ ।

आज जीवन बीमा समूहको शेयर २९ अङ्कले बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय १३ वटा कम्पनीको ३५ लाख ८८ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।