Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सामान्य अङ्कले बढ्यो शेयर बजार

सामान्य अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ । शेयर बजार आज सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ ।

नेप्से समान्य बढेको दिन दुई सय २३ वटा कम्पनीको ३६ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।