Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार सामान्य बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको कारोबार

शेयर बजार सामान्य बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । दुई दिनसम्म लगातार घटेको शेयर बजार आज भने सामान्य बढेको छ ।

शेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ । यस्तै दुई सय २२ वटा कम्पनीको ४० लाख ३१ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।