Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लगातार दोस्रो दिन पनि घट्यो शेयर बजार

लगातार दोस्रो दिन पनि घट्यो शेयर बजार

काठमाडौँ । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से ७ दशमलव ३८ अङ्कले घटेर २ हजार ५३ दशमलव १६ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय २२ वटा कम्पनीको ५२ लाख ३० हजार कित्ता शेयर एक अर्ब ७२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।