Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार आज पनि राताम्मे

शेयर बजार आज पनि राताम्मे

काठमाडौँ । हिजो झन्डै २५ अङ्कले घटेको शेयर बजार आज पनि सामान्य घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३६ अङ्कले घटेर २ हजार ४० दशमलव ७० विन्दुमा झरेको छ ।

आज बैंक, व्यापार, होटल, अन्य, जीवन बीमा र लगानी समूहको शेयर सामान्य घटेको छ । विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ ।

आज दुई सय २० वटा कम्पनीको ३४ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ ।