Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

झन्डै २५ अङ्कले घटेर शेयर बजार राताम्मे

झन्डै २५ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाडोँ । लामो समयपछि हिजो सोमवार बढेको शेयर बजार आज फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ४१ दशमलव शून्य ६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २१ वटा कम्पनीको ६४ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको चार करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।