काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक १९.०६ अंकले घटेर २ सय ३७.८३ विन्दुमा झर्दा ठूला कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले घटेर ३९१.६६ विन्दुमा आइपुगेको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । २ सय २३ कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।
म्युचल फन्डबाहेकका सबै उपसूचक यसदिन घटेका छन् । म्युचल फन्ड भने ०.०७ अंकले बढ्दा अन्य उत्पादन तथा प्रशोधन समूह ८२, निर्जीवन बीमा ७०, जीवन बीमा ६७, होटल तथा पर्यटन ५० अंकले घटेका छन् ।