Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

औषधिजन्य उत्पादनको म्यानुफ्याक्चरिङमा नेपाली बजारमा रूपान्तरण अत्यावश्यक छ : भक्त बहादुर के. सी

औषधिजन्य उत्पादनको म्यानुफ्याक्चरिङमा नेपाली बजारमा रूपान्तरण अत्यावश्यक छ : भक्त बहादुर के. सी

काठमाडौँ । नेपाल औषधिजन्य उत्पादनको म्यानुफ्याक्चरिङ तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि छ । यद्यपी औषधिको क्षेत्रमा स्थानीय बजारमा लाभ उठाउन सकिने सम्भावना अझै पनि उच्च छ । वर्तमान आयातमा आधारित स्वदेशी बजारको दिगो म्यानुफ्याक्चरिङमा आधारित बजारमा रूपान्तरण अत्यावश्यक छ ।

देशभित्रै औषधि उत्पादनको दिगो आधार तयार हुँदा त्यसले स्थानीय उत्पादनको आर्थिक महत्व÷मूल्य पनि बढ्ने, बढ्दो जनसंख्याका लागि थप रोजगारीका अवसर सिर्जना पनि हुन्छन तर बिडम्बना भन्नु पर्छ नेपालमा त्यसका लागी कुनै पहल नै हुन नसकेको अवस्था छ । कमजोर उत्पादन आधार र महँगो प्रविधिका कारण, महत्वपूर्ण औषधिको अभाव अझै पनि निर्यातबाटै पूरा गर्नु परिरहेको अवस्था छ ।

अधिकांश आयातित उत्पादनहरू स्थानीय रूपले उत्पादित वस्तुहरूभन्दा उल्लेख्य रूपले नै सस्ता छन । त्यसका कारणले हाम्रा उद्योगधन्दाहरूले त्यस स्तरमा लाभ लिन सकिरहेका छैनन । तर पछिल्लो समय बजार नियमन निमकायले ध्यान नदिनाले अनौतिक रुपमा औषधिको बिक्रि वितरण हुदै आएको छ । जसले गर्दा उभोक्ता ठगिने सम्भावना पनि उच्च छ ।

औषधिको मूल्य एकता कायम गरी देशभर औषधि सर्वसुलभ आपूर्ति गर्न खुद्रा औषधि पसल र औषधि निर्माताहरूसंग एक आपसमा समजदारी हुनु आवश्यक छ ।

औषधि व्यवसाय अन्य व्यवसायभन्दा फरक छ। यसे व्यवसायले मानिसको जीवन–मरणसँग प्रत्यक्ष सरोकार राख्छ । त्यसैले पनि यो व्यवसाय अँगालेको ब्यक्तिमा व्यापारिक मनसायभन्दा सेवा भावना बढी हुनु आवश्यक छ ।यो व्यवसायलाई मर्यादित र अनुशासित बनाउन यसका नेतृत्वकर्ताहरु अन्तरमनबाट जाग्नु जरुरी छ । आयुर्वेदिक र एलोपेथिकका खुद्रा, थोक, सुपर गरी नेपाल भरि यो व्यवसाय गर्नेको संख्या चालिस हजार भन्दा माथि रहेका छन् ।

औषधी ब्यवसायलाई भरपर्दाे र व्यवस्थीत बनाउन संस्था, संगठन र औषधि ब्यबस्था बिभागबाट चलिरहेको कार्यक्रमहरुसँग समन्वय गरेर ब्यवसायीलाई परिचित गराउन आवश्यक छ । जहाँ औषधि, त्यहाँ फर्मासिस्ट, परिचयपत्र र एप्रोनको नारा, आयात र सुपरका र होलसेल मुद्दाहरु सम्बोधन गर्नु पर्ने देखिन्छ ।

सबै साना–ठूला र धेरै थोरै अध्ययन गरेका D- Pharma, B- Pharma, M- Pharma सबैको छातारुपी संघ हो भन्ने भावना विकास गरिनुपर्छ। खुद्रा औषधि व्यवसाय नेपालमा मात्र सञ्चालित छैन । यसको विश्व बजार र संरचना आफ्नौ छन । प्रयोग गर्न हुने, नहुने अधिक प्रयोगले के हुने तथा कुन मोलिक्युल्मको आगमन हुँदैछ र कुन रेसिस्ट जस्ता कुराहरु दैनिक अपडेट हुँदैछन्। तर व्यवसायीहरु बजार प्रतिनिधिले गरिएका आफ्ना प्रोडक्टको प्रचारबाजी बाहेक अन्य प्रक्रियाबाट रिफ्रेस हुन सकेको छैनन् ।

५२ प्रतिशत औषधि भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । औषधिमा अहिले सम्म नेपाल पूर्ण रूपमा आत्मनिर्भर हुन सकेको छैन । नेपाली औषधि बजारमा थुप्रै विदेशी कम्पनीहरू प्रवेश गरेकोले देशमा आयातको भार थपिँदा मुलुकको व्यापार घाटामा पनि वृद्धि हुने क्रममा छ । त्यसको भार पनि यहाँका औषधि उत्पादक÷उपभोक्तामा पर्नेछ । हाम्रो नियमनकारी प्रणाली कमजोर रहेका कारण गुणस्तरहीन र उच्च मूल्यका उत्पादनबाट उपभोक्तामा अतिरिक्त व्ययभार थपिएको छ ।

नेपालमा औषधि उत्पादक र निर्यात बजारबीच पानीबाराबारको स्थिति छ । यो विषय मुख्यतः सञ्चालन तथा उत्पादनको उच्च लागत, न्यून परिमाणको उत्पादन र नियम कानुनबारे सही बुझाइको अभावको कारण हो । यसर्थ, नेपालमा उत्पादित औषधिहरूको निर्यातका लागि विशेषगरी विश्वव्यापी उदीयमान बजारहरूलाई मध्यनजर गर्दै सरकारले नै सहजीकरण गरिदिनुपर्छ ।

औषधि व्यवसायी सम्बन्ध ऐन २०३५ पुरानो भइसकेको र त्यसले अहिलेको समस्या समाधान गर्न नसकेको महसुस हुन्छ त्यसलाई बिभाग र मन्त्रालयले संशोधन गर्नुपर्ने औषधि ब्यवसायिहरुकोे धारणा छ । सकारात्मक उद्देश्यले स्थापित गर गरी खुद्रा औषधि व्यवासायी संघ ,स्वास्थ्य मन्त्रालय ब्यवसायी समिति संग छलफल गरि मोर्डन रिटेल फार्मेसीको अबधाराणा ल्याउनु पर्ने व्यवसायिहरुले माग गर्दै आएका छन् ।