Shares
Shares
काठमाडौँ । भूगोल, अर्थव्यवस्था, संस्कृति, जनता, सरकार र सार्वभौमसत्ता सम्पन्न देशको रूपमा अस्तित्वमा रहेको राष्ट्रप्रतिको आस्था र राष्ट्रहितप्रतिको समर्पित भावना नै साँचो अर्थमा राष्ट्रियता हो। राष्ट्रियता बलियो भए देश बलियो हुन्छ । यतिखेर मुलुकको सीमा अझै पनि वैज्ञानिक ढंगले निरूपण गरी सीमा सुरक्षा सृदृढ हुन नसकेको, साम्राज्यवादी एवं पुँजीवादी, नवउदारवादी अर्थनीतिले देशको अर्थतन्त्र, भाषा, संस्कृतिमा समेत प्रभाव पारी राष्ट्रियताको संरक्षण र प्रबद्र्धनमा चुनौती खडा गरेको छ । नेपाली भाषा, मातृभाषा तथा संस्कृतिको संरक्षण र सम्बद्र्धन, सीमा सुरक्षा, र राष्ट्रिय पुँजीको निर्माण तथा तीव्र विकास गरेर स्वाधिन एवं आत्म निर्भर अर्थतन्त्र निर्माणबाट नै राष्ट्रियताको प्रवद्र्धन गर्न मद्दत पुग्छ ।
राष्ट्र ,राष्ट्रियता र एकता रहे मात्र राष्ट रहन्छ । राष्ट्रिय एकता नै नरहे राष्ट्र नै बन्दैन । राष्ट्र नै नभए राष्ट्रियता र राष्ट्रिय एकताको सवाल नै उठदैन । विश्वका जुनसुकै राष्ट्र हुन् सबै राष्ट्रमा राष्ट्रियता जोगाउने महान व्यक्तित्व हुन्छ ।
विश्वमा सबैभन्दा ठूलो राष्ट्रिय नेता को थिए ?
महात्मा गान्धी (१८६९–१९४८)
नेल्सन मण्डेला (१९१८–२०१३)
विन्स्टन चर्चिल (१८७४–१९६५)
मार्टिन लुथर किङ जुनियर (१९२९–१९६८)
अब्राहम लिंकन (१८०९–१८६५)
मदर टेरेसा (१९१०–१९९७)
नेपोलियन बोनापार्ट (१७६९–१८२१)
जर्ज वाशिंगटन (१७३२–१७९९)
देशमा संघियता संस्थागत भइसकेको हुँदा देशले तत् सम्बधी आचार संहिता,कानुन,नीति र नियम निर्माण तथा तर्जुमा गरि राष्ट्रको सम्वृद्धि र दिगो विकासमा जोड दिन आवश्यक छ । जसले राजनैतिक स्थायित्व कायम गरि सबै राष्ट्रिय र क्षेत्रीय दलहरुलाई संवेदनशिल बनाउँदै नैतिकतामा आधारित राजनीतिक संस्कारको विकास गर्नु पर्छ । अहिले भने नेपालमा राष्ट्रबादी भावना बोकेका नेताहरु कमै छन् । राजनितिक दलको आडमा बसेर जनतामाथि विश्वास घात गर्ने परिपाटि तिर नेपालको राजनिति ढल्कदै छ ।तर, पछिल्लो समय युवा पुस्तामा राष्ट्र प्रतिको भावना जाग्रित हुँदै गएको छ । त्यसको उदाहरण धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई हेर्न सकिन्छ । उनि मेयर हुनु अघि देखी नै जनताको मनमा बस्न सफल ब्यक्ति हुन् ।उनले स्वतन्त्रबाट उठेर राजनितिक दललाई स्वाद चखाएरै छाडे ।
आजभोली साम्पाङको कार्य शैली राजनितिक दलहरुलाई विजाउन थालेको छ । हुनत हाम्रो समाजमा काम गर्ने भन्दा खुट्टा तान्ने प्रवृत्ति बढी छ । तर, यो प्रवृत्तिबाट साम्पाङ कति पनि आजित छैनन् । धरानमा सर्दू जलाधार बचाउँ आन्दोलन, खानेपानी समस्याको आन्दोलन, भ्रष्ट्रचारविरुद्धको आन्दोलन, धनकुटे रोडको बस्ती बचाउँ आन्दोलनको नेतृत्व गरेका राई अहिले आफैले सर्दूको पानी ल्याएर धराने जनतालार्य ख्वाउन सफल भएका छन् । निर्वाचन भन्दा अगाडि होस् या आन्दोलनको दौरानमा जति चर्चा कमाए अहिले उपमहानगरको प्रमुख भएपछि त्यो भन्दा धेरै चर्चा पाएका छन् ।
(साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणका काममा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी संकलन गर्न उनले अभियान नै सुरु गरेका छन्। उनको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन्। धरानको नेतृत्वमा नआउँदासम्म उनी हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिन्थे। त्यसबेला उनले गरेको काम र अभियानको चर्चा खासै थिएन। कतिपय उनले चलाएको अभियानमा असफल पनि भए साम्पाङ । तर उनले सफलता नै सफलताको कडी हो भन्ने बुझेर उनले आफ्नो अभियान निरन्तर जारी राखे।
देशका जनताका लागि पदमा बसेका व्यक्तिलाई गरेको खबरदारीले धराने जनताबाट पाएको गहिरो सहानुभूतिले उनीलाई प्रमुख भएर त्यही समस्या समाधान गर्ने स्थानमा पु¥यायो। आज उनि पहिले अझ जनता प्रति उत्तरदायी देखीएका छन् । उनले धरानका हरियाली हराउदै गएका डाँडाहरुमा हयाली बढाउन वृक्षा रोपण गरेका छन् । हरेक शनिबार रुख रोप्न साम्पाङ रुखका विरुवा र कोदालो बोकेर धरानका जंगल धाउछन् । उनले धनको जंगलमा केवल रुखमात्रै होईन काँक्रा र फर्सि फलाउने ढृधता लिएका छन् । उनि भन्छन् धरानको जंगलमा अब काँक्रो , फर्सी फल्छन । ढकमक्क फुल फुल्छन् । भारतबाट करोडौँको फूल किन्नु पर्दैन अब फुल धरानले नै दिन्छ ।
साम्पाङले धरानमा गिट्टी कुटिरहदा, वालुवा बोकिरहदा देशका ठूला र सुकिला मुकिला राजनितिक दलका नेताले कुल्लीको समेत संज्ञा दिन भ्याए तर, उनीबाट सिक्न तत्परता राख्न सकेनन् ।
देशमा बाढी पहिरोको जोखिम बढेको छ । औष्धि, आद्यन्न, मलको अभाव छ तर पनि राज्यले त्यस तर्फ ध्यान दिन सकेको छैन । नागरिकहरु कस्तो परिस्थितिमा छन् भन्ने कुराको हेतु छैन । देशको लागी केहि गर्नु छ भने, राष्ट्रबादी बन्नु छ भने मेयर हर्क साम्पाङबाट सिक्नु जरुरी छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209