Shares
Shares
काठमाडौँ। मुलुकलाई विकाश र समृद्धि तर्फ डोहोर्याउन अब नयाँ पुस्ताको आवश्यकता छ । पुरानो विराचारधार र सिद्धान्तलाई विस्तापित गर्दै आधुनीक सोचका साथ युवाले नेतृत्व लिने हो भने देशको गतिमा परिर्वतन आउँछ । परिर्वतन आफैँ आउदैन त्यसलाई ल्याउन सक्नु पर्छ जसको तादरुकता युवा पुस्ताले ल्याउन सक्छन् ।
आम नेता–कार्यकर्तालाई पार्टीको विधि,पार्टी कमिटीको पूर्णता र कार्य विभाजन. चिन्ता यथावत छ । त्यो चिन्तालाई भगाउन नयाँ नेतृत्व जरुरी छ । आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ, जसले युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् । युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा हाम्रो पार्टी संरचना र राजनीतिक संस्कारमा नै ठूलो समस्या छ । अहिलेका पार्टी यहाँ नेता जन्माउनेभन्दा पनि आफूले गरेको निर्णयमा सहीछाप ठोक्ने जमात बनाउन बढी अग्रसर छन । राजनीतिमा युवा लागेर पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौँ । युवा भएर अघि बढ्न कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने, कि त धेरै स्रोत–साधन चाहिने परिपाटीले पनि निष्ठावान् युवा राजनीतिमा आउन सकेको छैनन् । योग्यता, क्षमता, विचार, नेतृत्व गर्ने क्षमता आजको राजनीतिक दलको संरचनामा अटाउँन सकिरहेको छैन ।
आजका हाम्रा पार्टीहरूको दलीय संरचना युवामैत्री छैन । एउटा सक्षम युवालाई पार्टीमा जोडिन सजिलो छैन । आफूभन्दा क्षमता नभएको, नेतृत्व कुशलता नभएको, चाकरी गरेर नेता बनेका मानिसलाई नेता मानेर एउटा निष्ठावान् युवा राजनीतिमा आउन सक्दैन । यद्यपी तलबाट गुटको भ¥याङ चढेर गर्नुपर्ने राजनीतिक संरचनालाई उखल्न सकियो भने युवा पुस्तालाई अगाडि बढाउन सकिन्छ ।
युवा पुस्तासँग भोलिको परिकल्पना नभएको होइन तर उनीहरूसँग आफ्नो परिकल्पना साकार पार्ने अवसर कम छ । तिनलाई सुनिदिने र उनीहरूको कुरा गम्भीर रूपमा लिइदिने राजनीतिक नेतृत्व बिरलै छ युवा पुस्तासँग भोलिको परिकल्पना नभएको होइन तर उनीहरूसँग आफ्नो परिकल्पना साकार पार्ने अवसर कम छ । तिनलाई सुनिदिने र उनीहरूको कुरा गम्भीर रूपमा लिइदिने राजनीतिक नेतृत्व बिरलै छ ।पार्टी भित्र पुस्ताहस्तान्तरण त छ केवल परिवारकै सदस्यहरुका लागी मात्रै । नेताको छोरा नेता नै बन्नु पर्छ भन्ने जुन परिपाटी छ त्यसले पनि सक्षम युवा पुस्ता अगाडि आउन सक्दैनन ।
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । सत्तारुढ युवा शक्ति पनि अहिले संगठित युवा शक्तिमा सबैभन्दा शक्तिशाली छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य गासिएको छ । युवालाई आशा जगाउने भनेको युवा नेताले नै हो, त्यसैले पनि युवा नेताहरुले अब आफ्नो पकड बलियो बनाउन जरुरी छ । अहिलेको नेतृत्व ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता, मौलिकता आखिर के नपुगेर बेहाल हुन पुगेको हो ? के यी आवश्यकता युवा नेतृत्वले दिन सक्छ त ? के हाम्रा आजका युवाले दिन सक्छन् ? अझ भनौँ, नेतृत्वमा दाबा गर्ने युवाहरूले दिन सक्छन् ? यी र यस्तै बहस अब सुरु गर्न जरुरी छ ।
अधिकांश नेपाली युवा देशको नेतृत्व गर्ने पहुँचभन्दा धेरै पर छन् । आधारभूत आवश्यकता पूरा गर्न देश एवं विदेशको छेउ र कुनातिर अल्झिई बाँच्नु परेको छ । यो देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा वरै सीमित गरिदिन्छन् । आफ्नै रगत–पसिनामा टिकेको यो देशको नवीन परिकल्पना गर्ने केन्द्रमा तिनले आफूलाई कल्पना पनि गर्दैनन् ।
त्यस्तै नेतृत्वसँग उदासीन अर्को ठूलो युवा समुदाय छ, जो तुलनात्मक रूपमा शिक्षा र स्रोतमा केही पहुँच त राख्छ तर शक्ति एवं सत्ताको खेलबाट यति वितृष्णा छ कि आफ्ना आशा र अभिलासा व्यक्तिगत घेरामै राख्न रुचाउँछ । ।युवा राजनीतिक, आर्थिक, सामाजिक र राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा युवाको पहुच हुनु पर्नेमा धेरै ठूलो युवा शक्तिलाई वैदेशिक रोजगारीका लागी बाहिरिदै गएका छन् । देशको युवाशक्ति बाहिरीनुले पनि राजनितिमा उल्लेख्य प्रगती भएको छैन ।
आधुनिक नेपालमा हामीले थाहा पाएदेखि नै सत्तामा सर्वाधिकार जमाउनेहरूले शक्ति हत्याउन सफलता देखाए पनि जनतालाई सेवा दिने कुरामा सधैँ निकम्मा सावित भएका छन् । नेतृत्वमा अधिकार जमाउने तर सम्हाल्न नसक्नेहरूबाटै निरन्तर शोषित हुनुको पीडाले हामी अझैँ पनि भोगिरहेका छौँ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209