Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेप्सेमा दिनभर तीब्र उतारचढाब, साढे ४ अर्ब ६७ करोडको कारोबार

नेप्सेमा दिनभर तीब्र उतारचढाब, साढे ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । हिजो साढे ५४ अङ्कले घटेको शेयर बजार आज भने सामान्य मात्रै बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज एक दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको शेयर बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड पाँच लाख १८ हजार कित्ता शेयर चार अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।