Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजारमा हरियाली, २ अर्ब १९ करोड रुपैयाँको कारोबार

शेयर बजारमा हरियाली, २ अर्ब १९ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ०५ अङ्कले बढेर दुई हजार एक सय ४० दशमलव ५२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता शेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो ।