Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साना पार्टीहरु मिलेर चुनाबी मोर्चा तयार गरि एउटै चुनाब चिन्ह्न लिएर लडौं : भक्त बहादुर केसी

साना पार्टीहरु मिलेर चुनाबी मोर्चा तयार गरि एउटै चुनाब चिन्ह्न लिएर लडौं : भक्त बहादुर केसी

काठमाडौँ । संसदीय निर्वाचन आउन करिव तिन महिना बाँकी छ । अब आउने निर्वाचनमा सत्ता गठबन्धनले मिलेर अगाडि बढ्ने जनाएको छ । प्रतिनिधिसभा र प्रदेश सरकारको निर्वाचनमा सफलता प्राप्त गर्नका लागी साना राजनितिक दलहरुले पनि आपसमा गठबन्धन गर्न आवश्यक छ । तर, निर्वाचन नजिकिदै गर्दा प्रमुख दलहरू नै जनसरोकारका मुद्दामा चर्को बहस गर्नुको सट्टा प्राविधिक विषयमा आरोप–प्रत्यारोप गर्न थालेका छन ।

सत्तारूढ र प्रमुख विपक्षी दल संग जितको राजनीति गर्ने हो भने अब साना राजनीतिक पाटीर्को विकल्प चुनाबी मोर्चाबन्दी हो । एक आपसमा मोर्चाबन्दी भएमा शक्तिशाली मानिएका राजनितिक दलहरुलाई पछाडि पार्न सहज हुन्छ ।

अबको जिर्वाचनमा उल्लेखनीय परिणाम पाउनको लागि पनि अभियानमा लागेकाहरु र साना पार्टीहरु मिलेर चुनाबी मोर्चा तयार गर्नु पर्छ । एउटै चुनाब चिन्ह्न लिएर मैदानमा उत्रिने हो भने अधिकतम ठाउँमा जित सम्भव छ । जब समानुपातिक मत प्राप्त हुन्छ तब मात्रै देशलाई मार्ग दर्सन दिन सहज हुन्छ ।

आजभोली ठूला दलको विचलन, पैसाको दम्भ र चम्चागिरीका आधारमा टिकट प्राप्त गर्ने फोहोरी खेल सुरु भएको छ । त्याग, निष्ठा र इमान बोकेका कार्यकर्ता भने पछाडि धकेलीएका छन् । यस्तो खालको स्थिति साना दलको मात्र होइन, ठूला राजनितिक दलहरु भित्र पनि ब्याप्त छ । सत्ता स्वार्थका लागि देशको स्वाधिनता दाउमा राख्दै नागरिकता विधेयक, एमसीसी जस्ता राष्ट्रिघाति योजना पारितसँगै नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि चुनौती थपिएको छ । ठुला राजनितिक दलको यो अवस्थाले नागरिक दिक्क भै सकेका छन् । त्यसैले पनिसबै सानो –सानो पार्टी मिलेर चुनावि रणनीति बनाई राष्ट्रबादी शक्ति बनाउन जोड दिनु पर्छ ।

राष्ट्रनिर्माणको अभियानमा जवान टेलेन्ट,बौद्दिक,उद्योगी व्यापारि कर्मचारी र बिभिन्न सेवामा लागेका पेशेवरहरूले समेत साथ दिने देखिएको छ । त्यसैले आउने निर्वाचनमा आफ्नो मत खेर नफाल्नका लागि एउटै चुनाव चिन्ह,एउटै नारा,एउटै सोच लिएर अगाडि बढ्नु पर्छ ।