काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ ।
हिजो बिहीवार झन्डै ६ अङ्कले घटेको शेयर बजार आज २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज दुई सय १२ वटा कम्पनीको ३३ लाख २० हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।