Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज मौद्रिक नीति ल्याउँदै

राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज मौद्रिक नीति ल्याउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज मौद्रिक नीति ल्याउँदै छ ।

राष्ट्र बैंक संचालक समितिको आज बिहान बसेको बैठकले मौद्रिक नीति अनुमोदन गरिसकेकाले दिउँसो ४ बजेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नुहुने छ ।

तरलता अभाव र दिन प्रतिदिन बढिरहेको महँगीका बीच आउन लागेको मौद्रिक नीति कस्तो होला भन्ने जिज्ञासा सर्वत्र रहेको छ । राष्ट्र बैंक स्रोतका अनुसार कर्जा बिस्तार नियन्त्रण गर्ने गरी कसिलो मौद्रिक नीति आउने छ । ब्याजका नीतिगत दरहरु बढाएर ऋण बिस्तार रोक्न केही नियामकीय औजारहरु प्रयोग हुने बुझिएको छ ।

यस्तै, बजेटको उच्च आर्थिक वृद्धिको लक्ष्य प्राप्ती भन्दा बाह्य क्षेत्र, मूल्य र वित्तीय स्थायित्वमा मौद्रिक नीति केन्द्रीत भएको स्रोतको भनाइ छ । अनिवार्य तरलता अनुपात ३ प्रतिशतबाट बढाएर ५ प्रतिशत तथा स्थायी तरलता ८ देखि ९ प्रतिशत पुग्न सक्ने जनाइएको छ ।