Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सम्बन्धित निकायले चासो नदिदा फार्मासिस्टहरु अन्योलमा : भक्त बहादुर के.सी

सम्बन्धित निकायले चासो नदिदा फार्मासिस्टहरु अन्योलमा : भक्त बहादुर के.सी

काठमाडौँ । नेपालमा सामुदायिक फार्मेसीहरूमा फार्मेसी अभ्यास अत्यन्तै कठिन छ । बजार अनुसन्धान नगर्नु, बढ्दो प्रतिस्पर्धा र खुद्रा फार्मेसी,अ –सहयोगी अभ्यासले पनि प्रभावकारी रुपमा फार्मेसी सञ्चालनमा कठिनाई भएको छ ।

देशमा रोजगारी नहनु, लोकसेवा आयोगले पदपूर्ति तिर ध्यान दिन नसक्नु, निजी औषधि पसल वा कम्पनीले प्रतिस्पर्धी तलब दिन नसक्नुले पनि फार्मेसीमा काम गर्न कठिन छ । सरकारले यस्ता कुराहरुमा चासो नदिनाले धेरै फार्मासिस्टहरु अन्योलमा छन् ।

फार्मेसीहरूलार्य व्यवस्थित बनाउन तथा गुणस्तरिय सेवा सुविधा दिने अभ्यासमा ल्याउन एउटा फार्मेसिमा स्वास्थ्य सेवा कर्मचारीहरूको आवश्यकता हुन्छ तर, औषधि पसलमा डाक्टर राख्न नपाउने सरकारी नितिले गर्दा क्लिनिकलहरुमा स्वतन्त्र अभ्यास छैन ।यसरी फार्मेसीहरुलाई सरकारले अनुगमन नगर्दा र प्रभावकारी निति लागु गर्न नसक्दा अनौतिक रुपमा बाहिरबाट औषधी ल्याउनेर बेच्नेहरुको संख्या पनि बढ्दो छ ।

कतिपय फार्मासिस्टहरु आफै व्यवसाय गरेर बस्ने अर्थात फार्मेसि खोल्ने योजनामा हुन्छन् । उनिहरुले फार्मेसी संचालन गर्ने सुरुवातमा त औषधि व्यवस्था बिभागमा पसल दर्ता गर्नु पर्छ । औषधी ब्यवस्था विभागमा फार्मेसी संचालन गर्ने अनुमतिका लागी विभिन्न कागजातहरु पेश गर्नु पर्ने हुन्छ । अनुसूची ८ अनुसार आवेदन भर्न सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि, मालिक र व्यवसायीहरूले गरेको बयान,फार्मासिस्ट र फार्मेसी सहायकको हकमा नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्रको आवश्यकता पर्छ । D Pharma पछि म के गर्न सक्छु भन्ने नै अन्योल कायमै छ ।

D फार्मेसी भनेको के हो?

यो कोर्स नेपालका विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा फार्मेसी सहायकहरूले गर्न आवश्यक पर्ने काममा आधारित छ । फार्मेसी कार्यक्रममा डिप्लोमा तीन वर्ष भन्दा बढी हुन्छ ।

–औषधि रसायन विज्ञान

–औषधि विज्ञान

–फार्मास्यूटिक्स, फार्मास्यूटिकल टेक्नोलोजी र फार्मास्यूटिकल माइक्रोबायोलोजी,

–औषधि विज्ञान,

–क्लिनिकल फार्मेसी र बायोफार्मेसी,

–फार्मेसी अभ्यास र व्यवस्थापन आदी फार्मेसी पाठ्यक्रम हो ।

फार्मासिस्टहरूले ड्रग थेरापी सम्बन्धी समस्याहरू पहिचान गर्न, रोकथाम गर्न र कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । साथै बिरामीहरूको लागि औषधि हेरचाह प्रदायकको रूपमा खडा हुन सक्छन् । नेपाल सरकारले औषधि र सम्बद्ध औषधिजन्य सामग्रीको दुरुपयोग तथा औषधीको प्रभावकारिता र प्रयोग सम्बन्धी गलत वा भ्रामक सूचनालाई निषेध गर्न सन् १९७९ (२०३६/०७/०१) मा औषधि प्रशासन विभाग (DDA) स्थापना गरेको थियो। जनताका लागि असुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको उत्पादन, बजारीकरण, वितरण, निर्यात–आयात, भण्डारण र उपयोगलाई नियमन र नियन्त्रण गर्ने गर्छ ।

विशेष गरी विदेशहरुमा फार्मासिस्टहरूले राम्रो तलब कमाउन सक्ने हुँदा अष्ट्रेलिया न्युजिल्याण्ड, अमेरिका , क्यानाडा, बेलायत, आयरल्याण्ड, दुबई यूएई , खाडी देशहरुमा पनि तलव सुविधा राम्रो हुन्छ । युरोपेली देशको लागि व्यावसायिक लाइसेन्स परीक्षा पास गरी पलायन हुने गरेका छन ।

यो एक पेशा पनि हो जसले यसको साथमा अपेक्षाकृत उच्च हैसियत बोकेको छ र फार्मासिस्टलाई चिकित्सा पेशेवरको रूपमा हेरिन्छ र सम्मान गरिन्छ । फार्मासिस्टहरूले प्रदान गर्ने औषधि र जानकारी मार्फत बिरामीको हेरचाह सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। फार्मेसी क्यारियरहरूले धेरै फाइदाहरू र अवसरहरू प्रदान गर्दछ । औषधि बिक्री वितरण गर्दा फार्मासिस्ट अनिवार्य हाजिर हुनुपर्ने व्यवस्था छ । सामुदायिक फार्मेसी खुद्रा पसलको स्थापना र विकासमा लागत र खर्च स्थान, फार्मेसीको आकार, औषधिको प्रकार स्थानीय र जनसख्यामा भर पर्छ ।

औषधि ऐन २०३५ ले के व्याख्या गरेको छ ?

औषधिहरू सार्वजनिक उपभोगको लागि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्छ । आफ्नो तोकिएको गुणस्तर मापदण्ड कायम राख्ने गरी नेपालमा WHO GMP प्रमाणित औषधि कम्पनीले मात्र बजारी करण गर्न सक्छ ।थोक र खुद्रा व्यापारमा अझै राम्रो अभ्यास छैन। थोकको एकाधिकार छ । किन भने औषधि निर्माता कम्पनीको सम्झौता थोक बिक्रेताहरू संग मात्र हुन्छ । औषधि निर्माताले विभेद गर्ने देखि थोक मूल्यहरू र चार्ज गर्ने प्रभावमा पनि कमी आउने हो भने बजारीकरणमा सहज हुन्छ ।

धेरै देशहरूमा औषधिको थोक पसल छैन । खुद्रा मेडिकल पसलमा औषधि निर्माताले सिधै आपूर्ति गर्ने गर्दछन । त्यसैले पनि खरिद बिक्रिका लागी रिटेल औषधि पसलमा शिक्षित फार्मासिट उपलब्ध हुनु आवश्यक हुन्छ ।