Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार झन्डै ५ अङ्कले बढ्यो

शेयर बजार झन्डै ५ अङ्कले बढ्यो

काठमाडौँ । लगातार आठौँ दिन आज पनि शेयर बजार बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ८९ अङ्कले बढेर दुई हजार ५० दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, लगानी र म्युचुल फन्ड समूहको शेयर बढेको छ । बैंकिङ, व्यापार, होटल, जलविद्युत र जीवन बीमा समूहको शेयर भने घटेको छ ।

आज दुई सय १५ वटा कम्पनीका ४१ लाख ३३ हजार कित्ता शेयर एक अर्ब ७३ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।