Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पनि शेयर बजार बढ्यो, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

आज पनि शेयर बजार बढ्यो, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

काठमाडौँ । लगातार सातौँ दिन आज पनि शेयर बजार बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २० अङ्कले बढेर दुई हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको छ । कारोबार भएका सबै समूहको शेयर सामान्य बढेको छ ।

आज दुई सय १३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।