Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार १८ अङ्कले बढ्याे

शेयर बजार १८ अङ्कले बढ्याे

काठमाडौं । शेयर बजार आज पनि बढेको छ ।

आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०३ अङ्कले बढेर दुई हजार २९ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

दुई सय ११ कम्पनीको ३१ लख ४२ हजार कित्ता शेयर एक अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।