Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साना दलहरु एकजुट हुन् आवश्यक छ : भक्त बहादुर के सी

साना दलहरु एकजुट हुन् आवश्यक छ : भक्त बहादुर के सी

काठमाडौँ । देशको राजनीतिमा प्रमुख दलहरुले नेपालका साना पाटीहरुलाई नगन्य रुपमा लिन्छन् । ठूलादलहरुले साना दलहरुलाई पनि अवसर दिने हो भने साना दल ठूला दलको तुलनामा कम छैनन् ।

पछिल्लो समय देशका राजनितिक दलहरुले जनतालाइृ आधार मानेर नीतिहरू निर्माण गर्छन् । राजनीतिक दलहरूले चुनाव जितेपछि उनीहरूले सरकार बनाउँछन् र त्यसका नीतिहरू कार्यान्वयन हुन्छन् जुन चुनाव जितेको राजनीतिक दलको घोषणापत्रमा आधारित हुन्छन् । नेपाल सुशासन पार्टी एक राजनीतिक दल एक संगठन हो जसले उम्मेदवारहरूलाई देशको चुनावमा प्रतिस्पर्धा गर्न समन्वय गर्दछ । देशमा रहेको कुशासनलाई हटाएर सुशासन कायम गर्नु नै यो पार्टिको मुल एजेण्डा हो ।

विशिष्ट वैचारिक वा नीतिगत लक्ष्यहरू प्रवर्द्धन गर्नु राजनितिक दलहरुको विशेषता पनि हो । अब देशको राजनितीमा साना दलहरुले पनि स्थान पाउन आफू जस्तै विचार धाराका सना दलहरु संग समन्वय गर्ने गर्नेु पर्छ । राजनीतिक दलहरूले निर्माण गर्ने कार्यक्रम र नीतिहरूमा साना दलहरु पनि एकजुट हुन् आवश्यक छ । यसैको लमागी नेपाल सुशासन पार्टीले सबै भन्दा राम्रो प्रयास जारी राखेको छ । अटल विचार, इमानदार, तथ्य वक्ता, निडर लिडर, विकास प्रेमीको नेतृत्वमा साना पार्टी मर्ज गर्दै जानु पर्ने आजको माग हो । राजनीतिक दल, नागरिक समाजका कार्यकर्ता र स्थानीय लोकतन्त्रका अभियन्ताहरूले पनि यस्ता कुराहरुमा आवश्यक परामर्श दिनु पर्ने समय आएको छ ।

संविधानले मौलिक स्वतन्त्रता र नागरिक तथा राजनीतिक अधिकार, समानता र भेदभाव रहित सूचनाको हकको प्रत्याभूति गरेको छ । नेपाली समाजमा आएको परिवर्तनका कारण नेपालमा भ्रष्टाचार बढ्दै गएको पाइएको छ । यस खण्डले गाउँपालिका , नगरपालिका देखि महानगरपालिकाका मन्त्रालय सम्मका स्तरमा पाइने भ्रष्टाचारका रूपहरू पनि प्रस्तुत गरेको छ । नेपालको सहरी गरिबहरूले नगरपालिका सेवा प्रावधानसँग कसरी सामना गरिरहेका छन् भन्ने कुरा पनि मनन् गर्न जरुरी छ ।

भ्रष्टाचारको सबैभन्दा सामान्य कारणहरूमध्ये राजनीतिक र आर्थिक वातावरण, व्यावसायिक नैतिकता, बानी, प्रथा, परम्परा र जनसांख्यिकी हुन् । देशमा मौलाउदै गएको भ्रष्टचारले देशको अर्थतन्त्र नै धरापमा पर्ने स्थिति छ । भ्रष्टचार नियन्त्रण सम्वन्धि प्रभावकारी ऐन नियमको अभाव तथा तर्जुमा गरीएको ऐन नियमहरुको प्रभावकारी रुपमा कार्यान्वयन नहुनु, भ्रष्टचारी व्यक्तिलाई राजनितिक संरक्षण हुनुले पनि देशमा भ्रष्टचार बढ्दै गएको छ ।

भ्रष्टाचार रोक्न किन आवश्यक छ ?

भ्रष्टचार नियन्त्रण सम्वन्धि प्रभावकारी ऐन नियमको अभाव तथा तर्जुमा गरीएको ऐन नियमहरुको प्रभावकारी रुपमा कार्यान्वयन नहुनु, भ्रष्टचारी व्यक्तिलाई राजनितिक संरक्षण भ्रष्टचारको मुख्य कारण हो । भ्रष्टाचारले देशको आर्थिक अबस्थामा नकरात्मक अवस्था आउछ । आर्थिक रुपमा कम्जोर मानिसहरु र उच्च घरानाका मानिस विचमा विभेदको स्थिति पैदा हुन्छ । स्वास्थ्य , शिक्षा लगाएतका महत्वर्पू वस्तुहरुको विचमा पनि असमान अवस्था सिर्जना हुन्छ । देशमा यसरी नै भ्रष्टाचार बढ्दै जाने हो भने ठूला मुलुकको नियन्त्रणमा बस्नु पर्ने अर्थात देश नै ठूला शक्ति राष्ट्रिको कब्जामा आउन समय लाग्दैन ।