Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेकपा एमलेको सहकारी तथा गरिवी निवारण विभागको वैठक विभाग प्रमुख कमल चौलागाईंको अध्यक्षतामा बस्यो

नेकपा एमलेको सहकारी तथा गरिवी निवारण विभागको वैठक विभाग प्रमुख कमल चौलागाईंको अध्यक्षतामा बस्यो

काठमाडौं 'नेकपा( एमाले) केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको वैठक विभाग प्रमुख कमल चौलागाईंको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्यो। विभागका उप प्रमुख द्वय निर्मल भट्टराई र अ्मृता सुव्वा द्वारा सन्चालन र धन्यवाद ज्ञापन गरिएको वैठकमा कार्यदलको तर्फ वाट केशव पोखरेलले सहकारी अवधारणा पत्र पेश गर्नु भयो।वैठक को शुरुमै डिवि वस्नेत र केशव पोखरेल लाई विभागको सदस्यको सपथ गराइयो।

कार्यदलका संयोजक सहकारी महासंघका अध्यक्ष मिन राज कडेलले अवधारणापत्र तयारी कार्यमा भुमिका खेल्ने सवैलाई धन्यवाद दिनु भयो। वैठकले अवधारणा पत्र माथि छलफल गर्नुका साथै सदस्यहरु विच प्रदेशगत र विषयगत सहकारीको जिम्मेवारी वांडफाड गर्दै विभिन्न डेक्स गठन गरी भावि कार्य योजना तर्जुमा गर्यो। वैठकले पार्टी केन्द्रलाई सहकारी सम्वन्धि विविध विषयहरुमा सुझावको सिफारिस प्रस्ताव पास गर्यो। वैठकमा सदस्यहरु केवि उप्रेति ,परितोष पौडेल,डिवि वस्नेत, खेम वहादुर पाठक, टेक प्रसाद चौलागाई,राम सरण शर्मा,खेम सुवेदि,शान्ती अधिकारी,विस्व नाथ मण्डल,शम्भु गुप्ता,हरिहर नाथ योगि,राम वहादुर जिसि,देवराज पराजुलि,भुवन घिमिरे,जिवछ राज डा.खग राज शर्मा ले सहभागिता जनाउनु भयो।जिम्मेवारी लिने सवै सदस्यहरुले तोकिएको कामको रिपोर्ट साउन ७ भित्र विभागमा पठाउने निर्णय भयो।