Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साढे ५९ अङ्कले बढेर शेयर बजारमा हरियाली

साढे ५९ अङ्कले बढेर शेयर बजारमा हरियाली

काठमाडौँ । हिजो साढे ११ अङ्कले बढेको शेयर बजार आज पनि ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ५४ अङ्कले बढेर १ हजार ९ सय ८६ दशमलव ८२ बिन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । २ सय २५ वटा कम्पनीका ५७ लाख ८७ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ ।