काठमाडौं । दुई दिनसम्म उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव २८ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २६ वटा कम्पनीका ४९ लाख ६७ हजार कित्ता शेयर एक अर्ब ७० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् ।