Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

दुई दिनमै ३ हजार रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो त तोलाको ?

दुई दिनमै ३ हजार रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो त तोलाको ?

काठमाडौँ । सुनको मूल्य ओरालो लाग्न थालेको छ । दुई दिनमै प्रतितोला ३ हजार रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार तोलामा १६ सय रुपैयाँ घटेको सुन आज १४ सय घटेको हो ।

मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९६ हजार कायम भएको थियो । आज ९४ हजार ६ सयमा झरेको छ ।

गत फागुन २५ गते सुनको भाउले प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ भने आज प्रतितोला १० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ११ सय ७५ मा कारोबार भएको चाँदी आज ११ सय ८५ रुपैयाँ कायम भएको छ ।