Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

हप्ताको पहिलो दिन शेयर बजारमा हरियाली,झन्डै साढे २ अर्ब रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजारमा हरियाली,झन्डै साढे २ अर्ब रुपैयाँको कारोबार

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार साढे ५७ अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ५७ दशमलव ६१ अङ्कले बढेर दुई हजार ८६ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजारमा हरियाली देखिएको छ । व्यापार, जलविद्युत, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ३१ वटा कम्पनीका ६२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् ।

आज साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोसी, साञ्जेन जलविद्युत्, नेष्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।