Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ ।

बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।