Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

एघार महिनामा १६ अर्बको फलफूल आयात, ६ अर्ब ६५ करोडको स्याउ र दुई अर्बबढीको अङ्गुर भित्रियो

एघार महिनामा १६ अर्बको फलफूल आयात, ६ अर्ब ६५ करोडको स्याउ र दुई अर्बबढीको अङ्गुर भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो ११ महिनामा मात्र १६ अर्बको फलफूल आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ताजा तथा सुकेका फलफूलको आयातमा मात्र १६ अर्ब २१ करोडभन्दा बढी रकम विदेशिएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म छ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँबराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । यस्तै जेठ मसान्तसम्म दुई अर्ब १९ करोड ५३ लाख ३५ हजार रुपैयाँको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको छ ।

एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा , एक अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँ बराबरको दुई करोड २८ लाख चार हजार १७३ किलो सुन्तला , एक करोड चार लाख ८४ हजार १०१ किलो अनार , ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँको खरबुजा, ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको छ ।

यस्तै, यस अवधिमा १५ करोड आठ लाख ३९ हजारको नास्पाती, १२ करोड चार लाख ६२ हजारको भुइँकटहर तथा ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबर अम्बा र आँप आयात भएको छ । एभोगाडोमा छ करोड ९१ लाख रुपैयाँ खर्च हुँदा छ करोड २२ लाख ६९ हजार रुपैयाँको किबी आयात भएको छ । यस अवधिमा तीन करोड ८७ लाख ६६ हजार मूल्यको लिची आयात भएको छ ।