Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सेयर बजारमा ९५ अंकको छलाङ, कारोबार रकम दुई अर्ब रुपैयाँभन्दा माथि

सेयर बजारमा ९५ अंकको छलाङ, कारोबार रकम दुई अर्ब रुपैयाँभन्दा माथि

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार झन्डै ९५ अङ्कले बढेर हरियाली भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ९४ दशमलव ९२ अङ्कले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक, बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

लामो समयपछि आज कारोबार रकम पनि दुई अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । दुई सय ३० वटा कम्पनीको ६३ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १९ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंक, हिमालयन डिष्टीलरी र ङादी ग्रुप पावर कम्पनीको आठ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो ।