काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
यो बजेटमध्ये ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ पूर्वाधार निर्माण गर्न छुट्याइएको विकास बजेट हो ।
यस्तो बजेट कुल बजेटको ४९.५७ प्रतिशत रहेको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताएकी छन् ।
महानगरपालिकाको ११ औं नगरसभा अधिवेशनबाट आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरिएको हो ।
महानगरको आगामी आवको बजेटमा संचित कोषमा २२ अर्ब ३६ करोड रुपैयाँ व्यहोर्ने भएको छ भने संघीय सरकारले दिने ३ अर्ब रुपैयाँलाई समेटेर आगामी आवको बजेट तय गरिएको छ ।
महानगरले चालू आवका लागि भने १६ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।