काठमाडौं । शुक्रबार सेयर बजार नेप्से परिसूचक १३.७८ अङ्कले बढेको छ ।
आज नेप्से १,८६२.०६ बिन्दुमा पुगेको छ। केही दिनदेखि आन्दोलित लगानीकर्ताहरूको माग पूरा भएको भन्दै शुक्रबार आन्दोलन तोडिएको छ। यसै कारण पनि बजारमा सुधार देखिएको हो।
आज दुई घण्टा बजार खुल्दा कारोबार रकम १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँ पुगेको छ। शुक्रबार जम्मा २२३ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ४१ हजार ५३७ सेयर किनबेच भएको हो।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १५५ वटाको मूल्य बढेको छ भने ५९ वटाको मूल्य घटेको छ। कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै कुमारी बैङ्कको ८ करोड ६३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
आज न्यादी ग्रुपको ६ करोड ३१ लाख ५९ हजार रुपैयाँ, लक्ष्मी बैङ्कको ४ करोड ७६ लाख ९३ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ४८ लाख ५९ हजार रुपैयाँ र सिटिजन इनभेस्टमेन्ट ३ करोड ७ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ।