काठमाडौँ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
महानगरको १० औँ नगरसभामा उप–मेयर शिल्पा कार्कीले कुल बजेटमध्ये चालुतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ तथा पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।
यसै गरी आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासनतर्फ ७ करोड ७७ लाख साथै वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।