Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

बिहीवार बढेकाे शेयर बजार आज साढे ७ अङ्कले घट्याे,७३ करोड ६२ लाख रुपैयाँको कारोबार

बिहीवार बढेकाे शेयर बजार आज साढे ७ अङ्कले घट्याे,७३ करोड ६२ लाख रुपैयाँको कारोबार

काठमाडौं । लगातार पाँच दिन घटेर हिजो बिहीवार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से आज शुक्रवार फेरि घटेको छ ।

आज नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो । यसअघि सरकारले आइतवार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतवार बन्द गरेर शुक्रवार खोल्न थालेकोमा आइतवारको बिदा कटौती भएपछि शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टाका लागि मात्र शेयर बजार खुलाउन थालिएको हो ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत् र विकास बैंकको शेयर दोहोरो अङ्कले घटेको छ ।

आज दुई सय २० वटा कम्पनीको २३ लाख ५४ हजार कित्ता शेयर ७३ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ ।