Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालीहरुलाई  विदेश पलाएन हुनुपर्ने रहर होकी बाध्यता ?

नेपालीहरुलाई  विदेश पलाएन हुनुपर्ने रहर होकी बाध्यता ?

काठमाडौँ । गन्तव्य मुलुकहरूमा आर्थिक वृद्धिका कारण न्यून दक्ष कामदारको मागसँगै नेपालीहरू गरिबी, बेरोजगारी, सुस्त आर्थिक वृद्धि र स्वदेशमा रहेको राजनीतिक अस्थिरताका कारण पनि वैदेशिक रोजगारी खोज्छन् ।

योग्य नर्स वा डाक्टर, अभिनेता र अभिनेत्रीहरू, सरकारी  कर्मचारी,सेना प्रहरी अधिकारीहरु सेवानिवृत्ति भएपछी  दक्ष अर्ध दक्ष सबैलाई नेपालमा गुजारा चलेन केहि परिवर्तन आएन बिकाश भएन रोजगारी छैन भन्ने गुनासाहरु  सुनिन्छ ।

विश्वका अन्य भागहरूमा जस्तै नेपालमा श्रम पलायन पछाडि धकेल्ने कारण  लगभग उस्तै छन्।गरिबी, सीमित रोजगारीका अवसरहरू, खस्कँदै गएको कृषि उत्पादकत्व र सन् १९९६-२००६ को सशस्त्र द्वन्द्व अन्तर्राष्ट्रिय श्रम आप्रवासनका केही कारण हुन्।

नेपालका सहरी र ग्रामीण दुवैका युवाहरू विभिन्न कारणले देश छाड्न रुचाउँछन्। हरेक वर्ष हजारौं नेपालीहरू राम्रो रोजगारी वा शिक्षाको खोजीमा नेपालबाट बाहिरिने गरेका छन् । हाम्रो ग्रामीण युवा जनसङ्ख्याको ठूलो हिस्सा रोजगारीको खोजीमा खाडी र अन्य देशहरूमा पलायन हुन्छ। वास्तवमा, त्यहाँ धेरै कारणहरू छन् जुन मानिसहरूले अर्को देशमा सर्ने निर्णय गर्छन्। विदेशमा बस्दा नयाँ अवसरहरू, नयाँ जीवनशैली, नयाँ करियर र नयाँ दिशा प्रदान गर्न सकिन्छ सोच मौलाएको छ र देखिन्छ । यसले  विगत पछाडि छोड्ने र आफैलाई पुन: आविष्कार गर्ने अवसर दिन्छ। विदेश जाँदा सबै कुरा फरक हुन्छ। हरेक वर्ष हजारौं नेपालीहरू राम्रो रोजगारी वा शिक्षाको खोजीमा नेपालबाट बाहिरिने गरेका छन् । हाम्रो ग्रामीण युवा जनसंख्याको ठूलो हिस्सा नै बाहिरेकोले नेपाल को बिकाश धिमे भैसकेको छ ।

भनिने गरिन्छ नेपालमा धेरै अबसरहरु छन् । पर्यटन- (पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो)

१ ) होटल

२ ) खानी

३ ) स्वास्थ्य सेवा

 ४ ) जडान र यातायात

५ ) सूचना प्रविधि

६) उधोग

७)  इ-वेस्ट रिसाइक्लिंग प्लान्ट

 ८) हर्बल कस्मेटिक्स

९) जडीबुटी रोपण (औषधि)

 १०) कृषि  हो तर हाम्रो दुर्भाग्य सरकारी ढिला सुस्तीले गर्दा कुनै पनि  काम समयमा हुदैन। पुरानो म्यानुअल काम उस्तै चलिरहेको छ । सरकारले सोच्नु पर्ने समय आएको छ । पूर्वाधार खर्चहरु बढाउने र खर्चहरू निर्माण कार्यहरू सिर्जना गर्न  उद्योग ब्यबसाय लाई प्रोत्साहन गरिनु पर्छ र व्यवसायहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम पारेर उत्पादकत्व बढाउन डिजाइन गरिनु पर्छ । कर कटौती र कर छूट, डिरेगुलेसनका साथ अर्थतन्त्रलाई बलियो गर्दै, आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न बिकाशका लागि पूर्वाधार बनाउनु पर्ने देखिन्छन ।

 भक्त बहदुर के.सी.