Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री

करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिएका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको छ । बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने बताएका थिए ।

यस्तै शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् । शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उनको दावी छ।