Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुनको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो ।