Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

शेयर बजारको ओरालो यात्रा आज पनि कायम, एक अर्ब ४९ करोड १७ लाख रुपैयाँको कारोबार

शेयर बजारको ओरालो यात्रा आज पनि कायम, एक अर्ब ४९ करोड १७ लाख रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजारको ओरालो यात्रा आज पनि कायम छ ।

शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

आज कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज बलेफी हाइड्रो र लाइफ इन्सोरेन्स कर्पोरेशनको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।