Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

शेयर बजारको ओरालो यात्रा कायमै ,२ हजार बिन्दुबाट पनि तल ओर्लियो

शेयर बजारको ओरालो यात्रा कायमै ,२ हजार बिन्दुबाट पनि तल ओर्लियो

काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ ।

सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०८ अङ्कले घटेर एक हजार नौ सय ९६ दशमलव २५ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २३ वटा कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको चार करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ ।