काठमााडौँ । पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार आज पनि दोहोरो अङ्कले गिरावट आएको छ ।
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार ३२ दशमलव ३४ विन्दुमा झरेको छ ।
आज कारोबार रकम पनि घटेको छ । दुई सय ३० वटा कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै सानिमा बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भयो ।