Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिंदै

बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिंदै

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिंदै छन् ।

आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजे बस्ने छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

सम्बन्धित मन्त्रीहरुले जवाफ दिने काम सकिएपछि बजेट पारित हुने छ । त्यसपछि सरकारले खर्च गर्ने बाटो खुल्ने छ ।