Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

बानेश्वरमा सरकारविरुद्ध सेयर बजार लगानीकर्ताहरुको प्रदर्शन

बानेश्वरमा सरकारविरुद्ध सेयर बजार लगानीकर्ताहरुको प्रदर्शन

काठमाडौं । सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ ।

लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । अब यो व्यवस्था खुकुलो बनाउनुपर्ने माग लगानीकर्ताको छ ।

कर्जा–स्रोत अनुपात खारेज गरी कर्जा–निक्षेप अनुपात कायम गरिएकोमा अब पुनः सीसीडी रेसियो नै काम गर्न पनि लगानीकर्ताले माग गरेका छन् ।

भारित औसत दर १५० प्रतिशत रहेकोमा त्यसलाई १०० प्रतिशतमा झार्न पनि उनीहरुले माग गरेका छन् । ने