काठमाडौँ । कारोवारको अन्तिम दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २९ कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।