Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । हिजो बुधवार ६० अङ्कले बढेको शेयर बजार आज बिहीवार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ४२ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै कुमारी बैंकको ६ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भयो ।