Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

शेयर बजार ६० अङ्कले बढ्यो

शेयर बजार ६० अङ्कले बढ्यो

काठमाडौँ । केही दिनयता लगातार ओरालो लागेको शेयर बजार आज भने ६० अङ्कभन्दा धेरैले बढेको छ ।

नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । दुई सय ३१ वटा कम्पनीको ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।